नियम
मासु बिक्रेताले पालन गर्नुपर्ने शर्त

मासु बिक्रेताले देहाय बमोजिमका शर्त पालन गर्नु पर्नेछः–

(क) आप्नो पसलबाट बिक्री गरिने मासु नियम १५ अनुसारको छाप वा चिन्ह लागाइएको हुनुपर्ने,
(ख) छाप वा चिन्ह लागाइएको मासुको अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नु पर्ने,
(ग) मासुमा पानी छर्कन वा मासु पानीमा डुबाउन वा पानीमा भिजाइएको कपडाले छोप्न नपाइने,
(घ) मासु झुण्ड्याउंदा छाना, भित्ता, भुई वा खम्वामा नछोइने गरी झुण्ड्याउनु पर्ने,
(ङ) मासु तौलने ढक तराजुहरु अन्य वस्तु वा भुईमा लसपस नहुने गरी राख्नु पर्ने,
(च) प्रयोग नभएको अवस्थामा अचानो तथा टेबुल सफास“ग रहने गरी छोप्नु पर्ने,
(छ) मासुको आकर्षण बढाउन वा मासु सड्नबाट बचाउन कुनै प्रकारको रंग, औषधि वा रसायन प्रयोग नगर्ने,
(ज) वध गरिएको पशुको भित्रयांश, आन्द्रा भुंडी, टाउको, खुट्टी, रक्ति जस्ता भाग मासु पसलमा नै राखी बिक्री गर्न चाहेमा मासुस“ग लसपस नहुने गरी अलग्गै राखी बिक्री गर्न पर्ने,
(झ) मासु बिक्री गर्ने पसल देहाय बमोजिम निर्माण गरिएको हुनु पर्नेछ :–

(१) बिक्री कक्ष पानी नजम्ने र नसोस्ने गरी सजिलैस“ग सफा गर्न सकिने र चरा, किरा, मुसा प्रबेश गर्न नसकिने गरी बनाइएको,

(२) पसलको भित्ता पक्का खालको र सजिलैस“ग सफा गर्न सकिने तथा सिलिङ धुलो मैलो नखस्ने र पानी नतप्किने गरी बनाइएको,

(३) तौल गर्नको लागि प्रयोग हुने तराजु झुण्ड्याइएको वा अलग्गै टेबुलमा राखिएको र पर्याप्त स्थान भएको,

(४) खेर गएको मासुका टुक्रा, तरल पदार्थ वा अन्य पदार्थ सहज किसिमले तह लगाउने व्यवस्था मिलाइएको,

(५) मासु राख्ने टेबुल वा दराज किरा वा धुलो पस्न नसक्ने गरी जाली वा शिशा लगाइएको र जमिनभन्दा कम्तीमा पचास सेन्टीमिटर उचाई भएको ।